Advertisement
SKIP THIS
अछाममा रास्वपाको संगठन तिब्र बिस्तार

अछाम :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अछाम जिल्लामा संगठन विस्तार अभियान सुरु गरेको छ । अहिले गाउँ तथा नगर कार्यसमिति गठन भइरहेका छन् । 

रास्वपाले जिल्लाको कमलबजार नगरपालिकामा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको छ । पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावलको उपस्थीतिमा कमल प्रसाद जैसी सभापति रहनेगरी गठन गरिएको कार्यसमितिको उपसभापतिमा चेतराज ढकाल, सचिव लक्ष्मण न्यौपने र कोषाध्यक्षमा कबिता भाट चयन भएका छन।

संगठन विस्तारलाई तिव्रता दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले कमलबजार सँगै जिल्लाको क्षेत्र नम्बर २ का पाँच वटै स्थानीय तहमा संगठन विस्तार सम्पन्न गरिसकेको छ । अब क्षेत्र नम्बर १ मा संगठन विस्तार गर्ने तयारी भइरहेको जिल्ला संयोजक ओमप्रकाश रावलले बताए ।

उनका अनुसार क्षेत्र नम्बर १ को पालिका संगठन बिस्तार रामारोशन गाउँपलिकाबाट सुरु गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया