Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा संक्रमित परिवारलाई खाद्यान्न सहयोग

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटमा बिजया दशमी शुभ दिपावलि तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार जिल्ला बिकास अछामका पुर्व सभापति भरत कुमार स्वारको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

शुभकामना आदानप्रदान कार्यक्रममा वडाका एचआईभी संक्रमित ३ परिवारलाई खाद्यान्न बितरण गरिएको वडा अध्यक्ष हिक्मत कडायतले बताए ।

नेपालीहरुको महान पर्व दशैं संक्रमित परिवारले सहजै मनाउन भने प्रतिपरिवार २ कट्टा चामल, दाल, नुन, तेल बितरण गरिएको वडा अध्यक्ष कडायतले बताए । शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व वडा सदस्य एकेन्द्र भुल, लगायत वडा नं ६ रिडिकोटका जनप्रतिनिधि वडा बासीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया