Advertisement
SKIP THIS
अछाममा ७२ वर्षका वृद्धले पाए नागरिकता

अछाममा ७२ वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछाम बाट नागरिकता लिएकाछन । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का ७२ बर्सिय डम्बर साउदले लामो समयपछि नागरिकता लिएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय अछाम पुगेका साउदलाई प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।
रोजगारीको सिलसिलामा लामो समय देखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन्न ।बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकोमा डम्बर साउदले खुशी व्यक्त गरे ।

लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरी हरुले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने ढिलै भएपनि नागरिकता पाएको छु अब छोराछोरी लाइ पनि नेपाली नागरिक बन्न पाउने भए ।अछाम जिल्लाका धेरैजसो नागरिक हरु रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाँउमा जाने गरेका र आवश्यक कागजात समेत नबोकी बृद अवस्थामा नागरिकता बनाउन आउनेको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए ।

तपाईको प्रतिक्रिया