Advertisement
SKIP THIS
आफुले पाउने सेवा सुबिधाबाट नगर प्रमुख कुँवरले असाहय बालबालीकालाई उपलब्ध गराए दशैं खर्च

निराकरण खबर अछाम अछामको साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरका बुबा आमा गुमाएका र अपाङ्ग बालबालीकालाई आर्थीक सहयोग गरेका छन ।नगर प्रमुख कुँवरले बिहिबार आफुले पाउने सेवा सुबिधाबाट नगरका १८ असाहाय र अपाङ्ग बालबालीकालाई प्रती बालबालीका २५ सय रुपैया का दरले ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

नेपालीहरुको महान पर्ब बडा दशैमा उक्त बालबालीकाहरुले समेत मनाउन भनेर आर्थीक सहयोग गरेको नगर प्रमुख कुँवरले बताए ।आफु सानै हुदाँ बुवा गुमाएकाले दशैंमा आर्थीक समस्या हुदाँ कस्तो हुन्छ भनेर आफुले महसुस गरेको बताउदै नगर प्रमुख कुँवरले आफु नगरको अभिभावक भएको हिसावले असाहाय र अपाङ्गता भएका बालबालिकालाई दशैं खर्च दिएको बताए । यस्तै साँफेबगर नगरपालीका लघु उधम शाखाले उत्पादन गरेका न्यानो लुगा समेत ती बालबालीकालाई उपलब्ध गराईएको थीयो ।

तपाईको प्रतिक्रिया