Advertisement
SKIP THIS
अछामका बैंकमा यो दशैंमा छैनन ,नयाँ नोट

तारामान खड्का :अछाममा यसपटक दशैंमा बैकहरुले नयाँ नोट बितरण नगर्ने भएका छन ।अछामका ब्यावसायीक निजी क्षेत्रका बैकहरुलाई राष्ट्रिय वाणिज्य बैंकले नयाँ नोट दिने गरेकोमा यसपटक राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखाले नयाँ नोट नल्याउदाँ यो दशैमा अछाममा नयाँ नोट हुने छैनन ।

राष्ट्रिय वाणिज्य बैंक मंगलसेन शाखामै पुरानो पैसा धेरै भएकोले राष्ट्र बैकले नयाँ नोट नदिएको शाखा प्रमुख शिब राज भट्टले बताए ।शाखा प्रमुख भट्टका अनुसार बैंकमा हुनुपर्ने मौज्दात भन्दा ४० प्रतिशत बढी पुरानैै चलन चल्तीका नोट भएका नयाँ नोट बैकको लकरमा राख्ने ठाउँ समेत नभएकाले राष्ट्र बैकले नदिएको बताए ।

पुराना नोट लिएर नयाँ नोट दिन राष्ट्र बैंकलाई अनरोध गरेकोमा राष्ट्र बैंकले नमानेको शाखा प्रमुख भट्टले बताए । राष्ट्रिय वाणिज्य बैंक मंगलसेनमै नयाँ नोट अछामका बैंकमा यो दशैंमा छैनन ,नयाँ नोट भएकाले आफुहरुले दिन नसकेको अछामका निजी क्षेत्रका बैंकहरु बताउछन ।राष्ट्र बैंकले असोज २९ गते देखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सक्ने भनेको थीयो ।

तपाईको प्रतिक्रिया