Advertisement
SKIP THIS
अछाममा मनाईयो ६८ ओैं प्रहरी दिवस

अछाम : जिल्ला प्रहरी कार्यालय अछामले ६८ ओैं प्रहरी दिवस भव्य रुपमा मनाएकाे छ । जिल्ला प्रहरी कार्यालय अछामकाे आयाेजनामा भएकाे कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बाेल्दै प्रमुख जिल्ला अधिकारी  सरद कुमार पोखरेलले स्थापना  काल देखि विभिन्न आरोह-अवरोहबीच शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी राष्ट्र र नागरिक सेवामा कटिवद्ध नेपाल प्रहरीको योगदान अत्यन्त उल्लेखनीय रहेको बताए ।

आपत-विपत् परेका, निर्वल, अशक्त, असहाय, जोखिममा परेका, अपराधबाट पीडित व्यक्तिहरूको साथी नेपाल प्रहरी भएकोले समस्त नागरिकको विश्वास र भरोसाको केन्द्र बनि गौरवमय र महत्वपूर्ण कार्यसम्पादन गर्न निर्देशन दिँदै प्राकृतिक तथा मानव सिर्जित विपद्हरूमा नागरिक सेवामा पहिलो पङ्क्तिमा रहेर प्रहरीले हालसम्म निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मूल दायित्व भएको उल्लेख गर्दै प्रजिअ पोखरेलले भन्नुभयो, “प्रहरीले आफ्नो मूल दायित्व ईमानदारिपूर्वक बहन गरेमात्र देशको शान्ति सुरक्षा मजबुत हुन जान्छ ।” निष्ठावान एवं पूर्ण व्यावसायिक भई प्रचलित कानुनबमोजिम कसैको दबाब र प्रभावमा नपरी प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

नेपाल प्रहरीले देश भित्र र बाहिर समेत कार्यसम्पादनमा हालसम्म प्रदर्शन गर्दै आएको उच्च व्यावसायिकताकले नै नेपाल प्रहरीको क्षमताको अन्तर्राष्ट्रियस्तमा समेत प्रशंसा हुँदै आएको चर्चा गर्नुभयो ।

दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै  प्रजिअ पोखरेलले  शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले चाडपर्वकाे बेला लुटपाट झैझगडा लगायतकाघटना हरु घट्ने गरेकोले त्यस्ताखालका घटना हरुलाई न्यूनीकरण गरि समाजलाई  शान्ति र सुव्यवस्थित बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । समाज र प्रहरीकाे सम्बन्ध नङ र मासुकाे जस्ताे भए मात्रै शान्त र सव्यसमाज निर्माण गर्न सकिने बताए ।

अमर प्रहरी  परिवारका ३ जनालाई दाेसल्लाह ओडाएर सम्मान  गरिएकाे थियाे भने भलिबल प्रतियोगितामा  प्रथम ,द्वितीय , र तृतीय हुने प्रहरीको टिमलाई   गोरख बक्स गण अछामका गणपति जनक सिलवालले  मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

बिधालय निबन्ध प्रत्याेगितामा प्रथम र द्वितीय हुने विद्यार्थीलाइ सम्मान  पत्र  सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपती  सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामीले बितरण गर्नुभएको थियो । कार्यक्रममा रक्तदान गरेका  प्रहरीहरुलाई राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डेयले  प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया