Advertisement
SKIP THIS
कैलालीमा प्रचण्डलाई कालो झण्डा

धनगढी:कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ ।

लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा पार्टीले कालो झण्डा देखाएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाती सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन् ।

तपाईको प्रतिक्रिया