Advertisement
SKIP THIS
स्वास्थ्य सुचांकका आधारमा सुदूरपश्चिम प्रदेशकै पहिलो बन्यो अछाम अस्पताल

पूर्ण बहादुर खड्का अछाम: स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरिय बार्षिक समिक्षा प्रदेश मुकाम धनगढीमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गरिएको थियो ।

समृद्ध सुदूरपश्चिमका लागि स्वस्थ्य नागरिक भन्ने नाराका साथ सुरु भएको कार्यत्रक्रममा प्रदेशका ९ जिल्लाका बिभिन्न अस्पतालहरु मध्ये अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भएको छ । स्वास्थ्यका सुचांकहरुका आधारमा जिल्ला अस्पताल पहिलो भएको हो ।

स्वास्थ्यका न्युनतम ६० प्रतिशत सुचांक, बार्षिक प्रतिबेदन, बजेट खर्च र बेरुजुका आधारमा अछाम जिल्ला अस्पताल सुदूरपश्चिममै उत्कृट भएपछि पहिलो स्थान ओगट्न सफल भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्मिले जनाएको छ । सुचांकका आधारमा जिल्ला अस्पताल बैतडी दोश्रो तथा जिल्ला अस्पताल बझांगले तेश्रो स्थान हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया