Advertisement
SKIP THIS
मंगला नेरा मावी वलिगाउको नयाँ विद्यालय व्यवस्थापन समिति गठन

अछाम:मंगला नेरा मावी मंगलसेन नगरपालीका ९ वलिगाउको नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । रमेश बहादुर रावलको अध्यक्षतामा ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति र हिक्मत बहादुर रावलको अध्यक्षाता ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा सदस्य चुनिय पछी सम्पुर्ण सदस्यले रमेश रावललाई सर्वसम्मत अध्यक्ष चयन गरेका थिए ।

जसमा भेलाबाट बहादुर सिह बिष्ट, धनकला बोहरा, मथुरा दमाई सदस्य चयन भएका छन । त्यसैगरी सम्बन्धीत वडाको अध्यक्षको तर्फ वडा नम्बर ९ अध्यक्ष पदम बहादुर बोहरा, शिक्षाप्रेमी, बुद्धिजिवीको तर्फबाट वडा नम्बर ८ अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, मनसरा रावल, उद्योग वाणिज्य संघबाट छत्र बहादुर बोहरा र पुष्प बहादुर रावल, शिक्षक प्रतिनिधी तेज बहादुर रावल सदस्य चयन भएका विद्यालय प्रधानाध्यापक मीन बहादुर भण्डारीले जानकारी दिनु भयो ।

साथै नव निर्वाचित अध्यक्ष र सदस्यलाई विद्यालयका शिक्षकले बधाई तथा शुभकामना कार्यक्रम समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया