Advertisement
SKIP THIS
बहुमत र अल्पमतको दम्भका कारण अछामको कमलबजार नगरपालिकामा सधै कचकच

तारामान खड्का अछाम:बहुमत र अल्पमतको दम्बका कारण अछामको कमलबजार नगरपालिकामा सधै कचकच भईरहेको हुन्छ । आर्थीक बर्ष समाप्त भएको ३ महिना बढी बितीसक्दा समेत बजेट पास नभएको सो नगरपालीकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए।

नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने नेपाली हरुको महान पर्ब दशै नजिकीदै समेत तालाबन्दीका कारण सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासा जस्ता काम पनि हुन सकेका छैनन् ।

ताला लागेको ६ दिन भइसक्दा पनि खुलाउन कुनै पहल नभएको गुनासो छ । तर मेयर यज्ञप्रसाद ढकालले ताला खुलाउन पहल गरिएको बताए ।
कमलबजार नगरपालीकामा करार कर्मचारीकै कारण सधै कचकभ भइरेको हुन्छ । गर्त २०७४ सालको स्थानिय तहमा नेपाली कांग्रेसको बहुमत आएको सो बखत कांग्रेस निकट कर्मचारी भर्ना गरिएका भन्दै हाल आएर गत बैशाखमा सम्पन्न स्थानिय तहको निवार्चनमा एमालेको बहुमत आएपछि पुराना कर्मचारी हटाउनृ पर्ने एमाले बाट निवार्चीत जनप्रतीनीधीको माग छ । कर्मचारी हटाएर नयाँ कर्मचारी करारमा भर्ना गर्नु भन्दा पहिलेकै कर्मचारीलाई यथावत राख्नुपर्ने कांग्रेसबाट निवार्चीत नगर प्रमुख य प्रशाद ढकाल लगायत कांग्रेसबाट निवार्चीत जनप्रतिनिधीको माग छ । गत बैशाखमा सम्पन्न स्थानिय तहको निवार्चनबाट कमलबजार नगरपालीकामा ८ वडा सहित उपप्रमुख एमाले र २ वडा सहित नगरप्रमुख नेपाली कांग्रेसले जितेको छ ।

यस्तै बजेटमा समेत भागबन्डा नमिल्दा कमलबजार नगरपालिकाका नागरिकले आफ्नो बजेट पाएका छैनन् । जनप्रतिनिधीको ब्याक्तीगत स्वार्थका कारण पुर्बी अछामका ढकारी गाउँपालीका तुर्माखाँद गाउँपालीका,पञ्चदेवल बिनायक नगरपालीका र स्वयम कमलबजार नगरपालीका मुख्य ब्यापारिक केन्द्रको रुपमा बिस्तार भईरहेको कमलबजारको बिकासमा समेत अबरोध सिर्जना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया