Advertisement
SKIP THIS
एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अछामका मात्रै ३ जना

निराकरण खबर कैलाली :नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागी उम्मेदवारी दर्ताको समय सकिएको छ । पाँच जना पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिबमा ४ जना र उपसचिवमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार प्रदेश कमिटी अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन ।

सचिवमा रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जाेशी, अशाेककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जाेशी र पल्लभराज भट्ट छन्।

सुदुरपश्चिम प्रदेश कमिटीमा पाँच जना पदाधिकारी सहित १५० जना सदस्य रहने गरि निर्वाचन हुन लागेको हो । जसका लागि प्रदेशका ८८ वटै पालिकाबाट मनोनीत भएर आएका ६७५ जना जनप्रतिनिधिहरुले मतदानमा भागलिदैछ्न । मतदान कार्य आझै बेलुका बाट सुरु गरिने प्रमुख निर्वाचन अधिकृत पालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया