Advertisement
SKIP THIS
जब धनगढीमा ओलि बोल्दाबोल्दै भीम रावलको खोजि भयो

धनगढी: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ। आज (आइतबार) धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी भएको हो।

एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका हुन्।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरुले भीम रावल खोई ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरु भन्दै थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए।

अछामका रावल अहिले गृहजिल्लामै छन्। एमालेको दशौ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन।

तपाईको प्रतिक्रिया