Advertisement
SKIP THIS
अन्ततः रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर नै रहने

निराकरण खबर अछाम:लामो समयको रस्साकस्सी पछि अन्ततः अछामको रामारोशन गाउँपालिकाको केन्द्र हालकै स्थान मुजाबगरमा हुने भएको छ।

शनिबार रामारोशन गाउँपालिका कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा पालिकाको केन्द्र हालकै मुजाबगरमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मान बहादुर साउदले बताए ।

केहि दिन अघि मात्रै पास भएको आर्थिक बर्ष २०८०/०८१ को बजेटमा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरेको थियो ।रामारोशन गाउँपालिकाको केन्द्रको बिवाद यश अघि सर्वोच्च अदालत सम्म पुगेको थियोे ।

तपाईको प्रतिक्रिया