Advertisement
SKIP THIS
रक्सीको नसामा मातेका चालकले नगरपालीकाको गाडी दुर्घटना गराएपछि…..

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो। चालकले रक्सीको नसामा विहिबार राति हाकिमको गाडी चलाएको समेत खुलेको छ।

रक्सीको नसामा प्रमुख प्रशासकीय अधिकृत भट्टले चड्ने गाडीले गोदावरी नगरपालिका–१० खमौराका स्थानीय उद्धबबहादुर देउवाको घरको पर्खाल भत्काइदिएको छ। उनको घरको पर्खाल भत्किनुका साथै गाडी समेत क्षतविक्षत भएको छ। घरमा कोहि नभएको बेला रक्सीले मातिएका चालकले घरको पर्खाल भत्काएको घरधनी देउवाले गुनासो गरे।

प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए। गाडीको अगाडीको भागमा क्षति पुगेको छ। चालक विक्रम चौधरीले रक्सीको तालमा देउवाको घरको पर्खाल भत्किने गरी गाडी ठोकेका हुन्। उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको दाबी गरेपनि आफै रक्सीको नसामा रहेको र गाडी छोडेर घर गएको समेत खुलेको छ।

आज (शुक्रबार) बिहान मात्रै गाडी त्यहाँबाट निकाल्ने काम भएको छ। प्रमुख प्रशासकीय अधिकृत भट्ट भने सो गाडीमा सवार थिएनन्। चालक एक्लै रहेको समेत पाइएको छ। चालकले मादकपदार्थ सेवन गरेर घरको पर्खाल भत्काएपछि क्षतिपुर्ति दिनुपर्ने घरधनी देउवाको माग छ। चाकल चौधरी खमौराकै स्थानीय हुन्।

गोदावरी नगरपालिकाले दैनिक तीन हजार रुपैयाँ तिर्ने गरी प्रमुख प्रशासकीय अधिकृतका लागि सो गाडी भाडामा प्रयोग गर्दै आएको थियो। मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ। एक वर्षमा १० लाख ८० हजार खर्च हुँदै आएको उक्त गाडी दुई वर्षदेखि नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको छ

तपाईको प्रतिक्रिया