Advertisement
SKIP THIS
पर्यटक बोलाउदै रामारोशन

तारामान खड्का अछामःरामारोशन अछामको मात्रै नभई सुदूरपश्चीमको पर्यटकी तथा धार्मीक क्षेत्र हो । बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला घासे मैदान रहेका छन । समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे लगायत जडीबुटीले भरिपुर्ण ठाउँ हो । तत्कालिन बिद्रोही माओबादीले रामारोशन क्षेत्रलाई आफ्नो आधार ईलाका बनाएको थियो ।

बर्षौ देखि पर्यटकको प्रखाईमा रहेको रामारोशनमा यस पटक भने चर्चामा आएको छ । करिव ४६ देशका नागरिक सामाज सञ्जाल मार्फत जोडिएको रेन्बो फेमली नामको समुहले अछामको रामारोशनमा कार्यक्रम गर्न आउदा अनुमती नलिएको भन्दै अछाम प्रशासनले १ हप्ता अछामको सिमानामा रोकिए पछि भने रामारोशनको चर्चा झनै चुलिएको छ ।

अहिले रेन्बो फेमली नामको समुह अछामको रामारोशनमा रमाईरहेको छ ।रामारोशनमा सुनिबन गेराहा, जींगले,बाटुल्ला,लामादह,लिप्सेडाली,तल्लो धौने,माथील्लो धौने,गाग्रे,रामे, ताउलो,डउटे,दल्लेना १२ ताल र बाउलेगडा, रामे,चाका चक्रपथ,रोशन जस्ता १८ पाटन रहेका छन । रामारोशन पुग्दा हरेक कोहीलाई अलौंकीक आन्नद आउने आन्तरिक पर्यटक टेक बहादुर थापाले बताए ।रामारोशन जानलाई सडक मार्गको पहुच भएपनी बर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटकमा पनि कमी आउने बोट चालक टेकेन्द्र रोकायाले बताए ।

रामारोशन क्षेत्रमा बिदेशी भन्दा पनि आन्तरिक पर्यटक बढी जाने गरेका छन। ४६ देशका नागरिक सामाज सञ्जाल मार्फत जोडिएको रेन्बो फेमली नामको समुह आएपछि अब भने रामारोशनको पर्यटन बिकासमा टेवा पुग्ने रामारोशन गाउँपालीकाको बिश्वास छ। रामारोशन गाउँपालीकाले सो क्षेत्रको बिकासका लागी काम गरिरहेको रामारोशन गाउँपालीका अध्यक्ष मान बहादुर साउँदले बताए ।

रामारोशन क्षेत्रको बिकासका लागी भनेर सुदूरपश्चीम प्रदेश सरकारले रामारोशन पर्यटन बिकास समिती बनाएको छ । समितीले रामारोशन क्षेत्रमा पर्यटक भित्राउन , रामारोशन क्षेत्रको संरक्षण गरिरहेको रामारोशन पर्यटन बिकास समिती निर्देशक गंगा कुमारी कुँवरले बताईन ।रामारोशन क्षेत्रको बिकासका लागी जसले जे काम गरेपनि त्यो प्रयाप्त भएको छैन । रामारोशन क्षेत्रबाट चोरी निकासी, बन जंगल फडानी,तालहरु बिस्तारै पुरिने र हिउँदको समयमा केहि ताल सुक्ने गरेका छन ।

तपाईको प्रतिक्रिया