Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत कर्मचारीले गरे अनिश्चितकालिन पेन डाउन

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत कर्मचारी पनि आन्दोलनमा उत्तिएका छन।स्थानीय तह कर्मचारी संघर्ष समितिको निर्णयानुसार अति आवश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह रोकि अनिश्चितकालिन पेन डाउन गरेका हुन।

स्थानीय तहका कर्मचारीहरूको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएकाले स्थानीय तहका कर्मचारीहरुको सेवा सुरक्षा सम्बन्धी विषयलाई समावेश गरी यथासिघ्र निजामती सेवा ऐन जारी गर्न माग गर्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन।

संघीय निजामती सेवा ऐन मा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्ट एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमति ७५३ स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।

यस्तै तिनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने माग राखेका छन।

यस्तै सरकारले स्थानीय तहका कार्यरत कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने सरकारले स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग राखेका छन।

तपाईको प्रतिक्रिया