Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन।संघीय निजामती सेवा ऐन मा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्न गरिएको दबाव दिन उनिहरु आन्दोलनमा उत्रिएका हुन।

शुक्रबार उनिहरुले हातमा कालोपट्टी बाधि अत्यावश्यक बाहेकका कामहरु अनिश्चितकालका लागि बन्द गरेका छन।

कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्ट एकिकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमति ७५३ स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।

यस्तै तिनै तहका कर्मचारीहरुको समान वृद्धि विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने माग राखेका छन।

यस्तै सरकारले स्थानीय तहका कार्यरत कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनुपर्ने, जुनसुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने सरकारले स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग राखेका छन।

तपाईको प्रतिक्रिया