Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा जेष्ठ नागरिकलाई सम्मान

सरिता खड्का अछाम: साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडाका १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष हिक्मत कडायतले बताए ।

आफ्नो जिवन कालमा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान गर्दे आएका वडाका १५ जना जेष्ट नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कडायतले बताए ।

सम्मानित हुनेमा जेष्ठ नागरिकहरु भीम बहादुर शाह,हर्क बहादुर कडायत, काुल सिह कुमाल, गीता देवी खवास,खम्म सि भाट,बहादुर सिह भाट,काली सुनार,मनसरि टमट्टा, रामे लुहार,हिरा टमट्टा,जलुदेबी कुमाल, गंगा कुमाल,झपट सि कुमाल,सुरत नगार्जी र दुर्गा देबी टमट्टा रहेका छन। उनिहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया