Advertisement
SKIP THIS
सम विकास केन्द्र नेपालकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

डाेटी :सम बिकास केन्द्र नेपाल अन्तर्गत एक्सन एड नेपाल द्वारा संचालित महिला हरुकाे कार्यबाेझमा कमि ल्याउने किसिमका याेजना हरु सहयोग पश्चात समुदायमा परेकाे प्रभाव सम्वधि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार दिपायल सिलगढी नगरपालिकाको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्था द्वारा संचालित परियाेजनाले दिपायल सिलगढी नगरपालिका र के.आइ सिंह गाउँपालिकाका केहि वडामा उक्त महिलाहरुको कार्यबाेझमा कमि ल्याउने याेजना संचालनमा ल्यायकाे अन्तरक्रिया कार्यक्रममा प्रतिवेदन मार्फत प्रस्तुत गरीएकाे थियाे ।

अन्तर्क्रिया कार्यक्रममा सहभागी महिलाहरुले सम बिकास केन्द्र नेपालले हाम्रो लागि ल्याएका याेजनाले हाम्रो जिवन सैलिमा सहयोग पुग्नु का साथै जिविकाेपार्जनमा टेवा पुर्याउने बताए ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले स्थानिय सरकारकाे कर्तव्य भित्र पर्ने कार्य संस्थाले गरेकाेमा धन्यवाद दिँदै यि र यस्तै थुप्रै काम गर्नका लागि सकारात्मक साेचकाे बिकास हुनुपर्ने मा जाेड दिए।

महिला दिदीबहिनीहरुले संस्था मार्फत संचालन गरेका याेजना लाइ व्यवसायिक रुपमा अगाडि बढाउनु हाेस् यसमा अझै थप कार्यक्रमहरु प्रदान गर्न नगरपालिका तयार छ,तपाइँको सधै साथमै छ,मनलाई दर्हो पारेर काम गर्दै सामुहिक रुपमा अगाडी बढ्न समेत अनुराेध गर्दछु नगर प्रमुख खड्काले बताए ।

एक्सन एड नेपाल द्धरा समुदायका केहि बिपन्न महिलाहरुको लागि संचालित याेजना हरु संस्थाकाे जिम्मेवारी रहुन्जेल संस्थाले सहकार्य गरिकाम गर्ने र पछी स्थानीय तहले जिम्मेवारी लिनु पर्नेमा संस्थाका अध्यक्ष अधिराज बि.सि ले बताए ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, संस्थाका पदाधिकारी, दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडाका लाभान्वित महिलाहरु लगायतकाे उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया