Advertisement
SKIP THIS
डाेटीमा १४ वर्षीय बालक बेपत्ता

निराकरण खबर डाेटी :डोटीका १४ वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटका १४ वर्षीय बालक आयुष कठायत शुक्रबार ३ बजे बाट हराएका हुन् ।

सुजङ्ग स्कूल राजपुरमा कक्षा ८ मा अध्यनरत रमेश कठायतका छोरा आयुष स्कूलबाट घर फर्कीसकेपछि हराएका हुन् । शुक्रबार झोला राजपुर स्थित आफ्नो होटलमा छोडेर गएका उनी शनिबार सम्म घर नफर्किए पछि परिवारले खोजी गरिदिन हुन अनुरोध गरेको छ ।

बालकलाई भेटाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा बालकका बुवाको मोबाइल नम्बर ९८४८४७७९७१ मा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया