Advertisement
SKIP THIS
अछाममा कैलालीबाट आएको बसले मालवाहक सवारीले बोक्ने सामाग्री बोकेपछि कारवाहि:

निराकरण खबर: अछाममा यात्रु वाहक बसले मालवाहक सवारीको सामाग्री बोकेको भन्दै कारवाहि गरिएको छ ।

शुक्रबार कैलालीको टीकापुरबाट अछामको कमलबजार जादै गरेको सुदूरपश्चिम यातायात प्रालिको ना ७ ख २५७५ नम्बरको यात्रु बाहक बसले मालवाहक सवारीको सामाग्री बोकेको भन्दै प्रहरीले कारवाहि गरेको हो ।

कैलालीको टीकापुरबाट अछामको कमलबजारको लागी छुुटेको बसले धनगढी गएर यात्रुलाई जोखिममा पारेर बस भित्र र बसको छतभरी प्लाई ल्याएको थियो ।

सामान्यतया यात्रु वाहक सवारीले मालवाहक सवारीले बोक्ने सामाग्री बोक्न पाईदैन । कैलालीबाट बिभीन्न प्रहरी बिट छल्दै अछाम पुगेको बसलाई अछामको मंगलसेनमा अछाम प्रहरीले कारवाहि गरिएको हो। बसलाई जरिवाना गरि बसले ल्याएको प्लाई ओराल्न लगाईएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले जानकारी दिए।

अछाम बाजुरा चल्ने यात्रुवाहक सवारीले बिटमा रहेका प्रहरीलाई सुटुक्क पैसा दिएर बसमा क्षमता भन्दा बढी यात्रु बोक्ने मालवाहक सवारीले बोक्नु सामाग्री बोक्ने गरेका आरोप लाग्दै आएको छ।

धनगढी देखि अछामको सदरमुकाम मंगलसेन पुग्दा सम्म करिब १ दर्जन प्रहरी बिट पार गर्नुपर्छ। १ दर्जन प्रहरी बिट पार गर्दा सम्म प्रहरी बिटले के हेरेर बसे भनेर प्रश्न उठेको छ।

तपाईको प्रतिक्रिया