Advertisement
SKIP THIS
अस्पताल हुनुपर्ने अछामका स्वास्थ्यकर्मी सडकमा

अछाम : स्वास्थ्यकर्मीहरूको बढ्दो आक्रमणको घटनाक्रमको कारण अछाममा पनि चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला अस्पताल अछाममा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुले बुधबार प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय अछामको अगाडि बिरोध जनाएका थिए ।

जिल्ला अस्पताल अछामका प्रमुख रबि कुमार यादवको नेतृत्वमा भएको बिरोध कार्यक्रम पश्चात् जिल्ला प्रशासन कार्यालय अछाममा बिज्ञप्ति पेश गरेका थिए।

देश भरमा घटित विभिन्न पछिल्लो घटनाक्रम हरु जस्तै : हेटौंडा ,बुटवल ,लमजुङ ,पोखरा ,बिराटनगर ,कंचनपुर ,चितवन र पाटन लगायतका अस्पताल हरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी हरु माथि भएको सांघातिक आक्रमणको विषय बारे यहाँ लाई अवगत नै छ । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल संस्था भोक ,प्यास र निन्द्रा केहि नभनी बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक माथी भएको आक्रमणको घटनाले हामी सबै स्तब्ध छौँ । यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दाेषिहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन २०७९ बमोजिम कारबाही नगरिनुले हामी चिकित्सक र स्वास्थ्यकर्मी अत्यन्तै असुरक्षित महसुस गरेका छौँ । त्यसमाथि घटनाको बिरोध गर्दा पोखरामा प्रहरीले चिकित्सक माथी नै भएको लाठीचार्जले हामी लाई थप पिडा दिएको छ ।

यस्ता घटना जुनसुकै ठाउमा जुनसुकै बेला पनि घट्न सक्ने भएको हुँदा त्रास र भएको माहोलमा हामी सेवा दिन असमर्थ रहेको जानकारी गराउदछौ । दाेषिलाई तुरुन्त कारबाही नभएकोले हालै देशै भरी सार्वजनिक भएका आन्दोलनका कार्यक्रमलाई समर्थ गर्दै आज बाट चरमबद्द रूपमा आन्दोलनका भएको जानकारी गराउदा जुनसुकै बेलापनि सबै चिकित्सकिय सेवा ठप्प सम्म पार्ने गरि आन्दोलनका कार्यक्रम हरु घोषणा बाध्य भएका छौं । साथै यस आन्दोलन बाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुने ब्यहोरा समेत यसै बिज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

हाम्रो बिरोध कार्यक्रम रहेकोले अर्को सुचना नआउन्जेल सम्मका लागि ओपिडी सेवा दिन हामी असमर्थ रहेको कुरा जानकारी गराउदछौँ ।

तपाईको प्रतिक्रिया