Advertisement
SKIP THIS
बैतडीमा सडकमा भेटियो ससस्त्र प्रहरी हवल्दारको शव

बैतड: बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। हिजो राति जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ। ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

महरालाई ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तहरुले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएका भाटले बताएका छन्। महराको शव बीच सडकमै रहेको छ।

राजमार्ग अवरुद्ध हुँदा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु रोकिएका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया