Advertisement
SKIP THIS
अछामको रामारोशन गाउँपालिकाले बल्ल ल्यायो बजेट

निराकरण खबर अछाम :अछामको रामारोशन गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि २२ करोड २७ लाख ९६ हजार ६ सय ४८ को बजेट ल्याएको छ।

मंगलबार बसेको गाउँ सभालेको बजेटले वडा न. १,२,४,५र ६ को वडा कार्यलय निर्माण गर्नलाई बजेट बिनियोजन गरेको छ।

यस्तै वडा न ७ मा आवश्यक स्वास्थ्य चौकी निर्माण र रामारोशन गाउँपालिकाको प्रशासकिय भवन का लागि रु ५० लाख बिनियोजन गरेको छ।

विभिन्न बिवादका कारण गाउँपालिकाले बजेट ल्याउन सकेको थिएन। स्थानीय तहले पछिल्लो आर्थिक बर्षका लागि असाढ मसान्तसम्म बजेट ल्याईसक्नु पर्ने कानुनी ब्यावस्था छ।

तपाईको प्रतिक्रिया