Advertisement
SKIP THIS
अछाममा स्थानीय तह कर्मचारीहरु हक हितका लागि संघर्ष गर्दै

निराकरण खबर अछाम:अछाममा स्थानीय तह कर्मचारी हक हित समिति गठन गरिएको छ।

सोमबार अछामका १० ओटै स्थानीय तहका कर्मचारीको भेलाले जगत बहादुर रावलको संयोजकत्वमा ११ सदस्यीय हक हित समिति गठन गरेको छ।यस्तै सदस्यमा सबै स्थानीय तहमा कार्यरत कर्मचारी रहेका छन् ।

सरकारले संघीय नियामती सेवा ऐन,२०८० को प्रस्तावना मात्रिपरिषयमा पारित गरी संघीय संसद्‌‌मा पेश भइरहेको प्रक्रियामा उप्त निजामती सेवा ऐनले ल्याएका प्रावधानहरु

स्थानीय तहमा कार्यरत बिभिन्न प्राविधिक तथा अप्र.प्रावधिक कर्मचारीहरुको अनुकुल नभएको र स्थानीय तहका कर्मचारीको एक, हित सुरक्षा लगाएका बिषय नसमेटीएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्रमा बुझाएका छन।

विगत लामो समयदेखि निजामती सेवा ऐनको अभावको कारणले गर्दा वृद्धि विकास र आफ्ना विभिन्न आधारभुत अधिकार बाट समेत वञ्चित भएका भन्दै सो हक हित समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया