Advertisement
SKIP THIS
हत्या गरि फरार रहेका बिजुली पक्राउ

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन्।

शुक्रबार हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल आज (सोमबार) ३ दिनपछि पक्राउ परेका हुन्। मण्डेललाई घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेको बताइएको छ।

लक्षिमन मण्डेलको घरमा भएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी गइरहेको स्थानीय मिनबहादुर मण्डेलले बताए।

मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले गरेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि प्रहरीले फरार मण्डेललाई समात्न सकेका थिएन।

तपाईको प्रतिक्रिया