Advertisement
SKIP THIS
भासु भिरबाट मोटरसाइकल दुर्घटना एकको मृत्यु

धनगढीः कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से. ६ प. ८७२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर-१ बस्ने १९ वर्षीय भिमबहादुर बि.कको आज (शनिवार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका भिमको उपचारका लागि पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया