Advertisement
SKIP THIS
खुकुरी प्रहार गरि बझाङमा एक जनाको हत्या

बझाङ: बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार आरोपीको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया