Advertisement
SKIP THIS
कांग्रेस अछामले असोज २६ गते जिल्ला सम्मेलन गर्ने

निराकरण खबर अछाम:नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामको पन्ध्रौं बैठक सम्पन्न भएको छ ।

जिल्ला पाटि सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला सम्मेलन ,कार्य सम्पादक समिति ,पाटिको संगठन सुदृढीकरण ,गुटबन्दीका कारण देखिएको समस्या , पाटि ,जनप्रतिनिधि र जनताका विच रहेको सम्बन्ध जनताकालागी नेपाली कांग्रेस अछामले खेल्नुपर्ने भुमिका , पाटिका विभिन्न विभाग गठन र आगामि रणनीतिका बारेमा छलफल गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस का पुर्व पाटि सभापति भरत कुमार स्वार लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,क्षेत्रीय सभापति ,जिल्ला कार्यसमिति सदस्य हरुको सहभागीता रहेको थियो ।

असोज २६ गते जिल्ला सम्मेलन गर्ने , जिल्ला सम्मेलन अगाडि बाकि रहेका वडा ,गाउँ ,नगर ,प्रदेश सभा निर्वाचन क्षेत्रीय समिती,क्षेत्रीय समिति सम्मेलन सम्पन गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया