Advertisement
SKIP THIS
संविधान दिवसमा अछाम कारागारबाट ४ कैदीबन्दी रिहा भए

निराकरण खबर अछाम:अछाम कारागारबाट ४ जना कैदीबन्दी रिहा भएका छन् ।

संविधान दिवसका अवसरमा कारागारबाट दुई पुरुष र दुई महिला गरी ४ जना कैदीबन्दी रिहा भएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको रिहा गरेका हुन ।

कारागारबाट रिहा भएका चारै जना बहुबिवाहमा जेल परेका थिए ।सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरूको रिहाइ गरिएको जिल्ला कारागार अछामका जेलर जीवन शाहीले बताए ।

तपाईको प्रतिक्रिया