Advertisement
SKIP THIS
भीम रावलले भने २० रुपैयाँ चिया १० मा चाहियो भन्ने पर्यटन खोजेका होइनौं

निराकरण खबर अछाम:नेकपा एमालेका पूर्ब उपाध्यक्ष तथा पूर्ब उप्रधानमन्त्री भीम रावलले नेपालीहरुले नेपाली उत्पादनको मुल्य घटाउने बिदेशी पर्यटक नखोजको बताएका छन् । आफू कुनै बेलाको पर्यटन मन्त्री समेत भएको हुदाँ पर्यटन बारे जानकार भएको बताए ।

कुनै पनि बिदेशी पर्यटन आउदा कुनै पर्यटन ब्यावसायी मार्फत आउने गाइड हुने तर रामारोशन आएका पर्यटन सँग कुनै गाईड नभएको बताए । रामारोशन पर्यटक आएका बारे रामारोशनका ब्यापारीलाई आफुले फोन गरेर रामारोशनमा पर्यटक आए कस्तो छ भनेर सोध्धा आफुलाई ती ब्यापारीले भने चिया १० रुपैया दिने भए खान्छौ नभए खादैनौ भनेका बताए ।

यस्तै जयगढ रोकिएका बारे जानकारी पाएपछि जयगढका एक ब्यापारीलाई फोन गरेको ती ब्यापारी भने खाना १५० को १०० दिने खान्छौ नभए खादैनौं भनेका रावलले बताए । रावलले भने यस्तो पर्यटक हामीले कदापि खोजेका होइनौं ।

तपाईको प्रतिक्रिया