Advertisement
SKIP THIS
गृहको आदेश पछि अछामकाे सिमामा राेकिएका विदेशीहरु गन्तव्यमा जान थाले

निराकरण खबर अछाम:एक हप्ता देखि अछामकाे विभिन्न सिमा नाकामा राेकिएका विदेशीहरु गन्तव्यमा जान दिईएको छ।गृह मन्त्रालयकाे आदेशानुसार उनिहरुलाई छाेडिएकाे अछाम प्रहरीले जनाएको छ ।

अछामको रामारोशन घुम्न भनेर आएका १२ देशका नागरिकलाई १ हप्ता सम्म सिमानामा रोकिएको थियोे ।उनिहरुसँ रामारोशन क्षेत्रमा लामाे समयसम्म बस्ने अनुमति नभएको भन्दै अछाम प्रशासनले रोकेको थियो ।

उनिहरुलाई सर्त सहित छोडिएको कानुन बिपरित गतिविधि गरे प्रकाउ गर्नु भनेर गृह मन्त्रालयले भनेकाले अछामका प्रहरी प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक संन्तोष पाठकले बताए ।

उनिहरु सँग १ देखि ३ महिना सम्मलाई नेपाल बस्नलाई भिसा रहेको बताईएको छ। रामारोशन आएका बिदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका नागरिक रहेका छन ।उनिहरु रामारोशनमा १ महिना सम्म टेन्ट हालेर बस्नेछन।

अहिले करिव २८३ बढिको संख्यामा आएका उनिहरु २ हजार बढीको संख्यामा हुने बताउने गरेका छन । केही समय मकालु क्षेत्रमा र अर्घाखाँची ४० जना यस्तै प्रकृतिका बिदेशी नागरिक आएका थि। उनिहरुले अस्लिन हर्कत गरेपछि स्थानीयले लखेटेका थिए ।

तपाईको प्रतिक्रिया