Advertisement
SKIP THIS
नेपालको संबिधानले गरिव निमुखा नागरिकलाई छुन सकेन, समन्वय प्रमुख कुँवर

निराकरण खबर अछाम:जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले नेपालको संबिधानले गरिव निमुखा नागरिकलाई छुन नसकेको बताएका छन ।बुधबार जिल्ला समन्वय समिती अछामले मंगलसेनमा संबिधान दिवसको अवसर आयोजना गरेको कार्यक्रमको समापन गर्दै प्रमुख कुँवरले संबिधानले केन्द्र देखि वडा सम्ममा जनप्रतिनीधी मात्रै उत्पादन गरेको बताए ।

अब उत्पादनमुखी क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने बताउदै प्रमुख कुँवरले देशको काम गर्ने जनशक्ती सबै बिदेश पलाएन हुदै गरेको यस्तै अवस्था रहे नेपाल बुढापाका र केटाकेटीको देश हुन ढिलो नहुने बताए ।

पछिल्लो समयमा राजनिती प्रति नागरिकको बितृणा कायम गरेको भन्दै सरकारले जनमुखी काम नगरे संबिधान माथी नै खतरा हुने बताए ।संबिधान बनेको ८ बर्ष पुरा हुदाँ पनि आवश्यक कानुन बन्न नसक्दा बिश्वकै उत्कृष कानुनले पूर्णता पाउन नसकेको प्रमुख कुँवरले बताए ।

तपाईको प्रतिक्रिया