Advertisement
SKIP THIS
अछाममा संबिधान दिवस मनाइयो

निराकरण खबर अछाम:अछाममा संबिधान दिवस मनाईएको छ ।असोज ३ गते नेपालमा जनतको पुर्ण स्वामीत्वमा संधियता सहितको संबिधान जारी भएको दिन पारी हरेक बर्ष मनाउने गरिएको छ ।बुधबार जिल्ला समन्वय समिती अछामको आयोजनमा मंगलसेनमा संबिधान दिवस मनाइएको छ । संबिधान निमार्ण कर्ता पूर्ब उपप्रधानमन्त्री भीम रावलको प्रमुख आथीत्यमा दिवस मनाईएको हो ।

कार्यक्रमा बोल्दै पूर्ब उपप्रधानमन्त्री भीम रावलले संबिधान निमार्णका बेला आइपरेका चुनौती बिभीन्न नेताहरुले खेलेको भुमीका बारे बोलेका थिए ।
नेपालको संबिधान बिश्वकै उत्कृष्ठ भएको बताउदै रावलले नेपाली राजनितीक दलबाटै संबिधान कुल्चने काम भएको बताए ।

संबिधान बनाउन राज्यको अरबौंं खर्च भएको बताउदै रावलले हाल मन्त्री पदका लागी मरिहत्ते गर्ने तर संबिधान मान्दैनौ भन्नेहरु कुन नैतिकताले यस्तो भन्छन भनेर पश्न गरे । कार्यक्रमा संबिधान सभा सदस्य भैरव कामी बिभीन्न राजनितिक दलका प्रमुख तथा प्रतीनिधी जिल्ला स्थीत सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधीले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रम जिल्ला समन्वय समिती प्रमुख ललीत बहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया