Advertisement
SKIP THIS
बन्द भएको १८ बर्ष पछि पुनः सरु भयो भजनिमा पाेष्टमार्टम सुबिधा

भजनी:कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्ष देखि बन्द रहेको पाेष्टमार्टम सेवा मंगलबार देखि सुरु भएको छ ।

२०६२ साल देखि बन्द रहेको उक्त सेवा आज एक कार्यक्रमका बिच सुचारु गरिएको भजनी नगरपालिका प्रमुख केवल चौधरीले जानकारी दिएका हुन ।

भजनी प्राथामीक स्वास्थ्य केन्द्रबाटै पुनः पोष्टमार्टम सेवा सुचारु भए सङ्गै यस क्षेत्रका स्थानीयलाई कैलालीको टिकापुर र धनगढी जानू पर्ने समस्याको अन्त्य भएको छ ।

तपाईको प्रतिक्रिया