Advertisement
SKIP THIS
अछामको सिमामा बिदेशी रोकिएपछि गृह मन्त्रालय ,सस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध

अछाम:अछामको रामारोशन घुम्न आएका १२ देशका नागरिक अछामको सीमा नाका चौखेट्टे र बेलखेतमा ५ दिन देखि रोकिएकोले उनिहरुलाइ रामारोशन क्षेत्रमा प्रवेश गर्न पाउनको लागी गृह मन्त्रालय , सस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष मानबहादुर साउदको अध्यक्षतामा बसेको गाउँकार्यपालिका सदस्य ,राजनीति दलका प्रतिनिधि ,पर्यटन बिकास तथा ब्यवस्थापन समितिका सदस्य तथा सरोकारवाला निकायको संयुक्त बैठकले विभिन्न देशका नागरिकहरु सम्मीलित world rainbow family नामक समुहको जमघट कार्यक्रमका गतिविधिहरुको स्थलगत अनुगमन तथा अवलोकन गर्दावातावरणमा समेत प्रतिकुल असर नपर्ने गरि बसेको ,स्थानीय बाट विभिन्न खाद्य सामाग्री लगायतका बस्तु हरु खरिद गर्ने गरेको र सामाजिक रूपमा समेत प्रतिकुल असर नपर्ने गरि बस्दै आएको ,पर्यटन भिजा समेत रहेकोले रामारोशन पर्यटकीय क्षेत्रको विकास र टेवा पुग्ने देखिएकोले world rainbow family नामक समुहको रामारोशनमा सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मको जमघट कार्यक्रमलाइ अनुमति प्रदान गर्ने गाउँपालिकाले गृह मन्त्रालय र सस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लाई अनुमति प्रदान गर्न अनुरोध गरेको हो ।

रामारोशन आएका बिदेशी नागरिकले १ महिना देखि ३ महिना सम्मको भिसा लिएको, उनिहरुलेरामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेको कुरा स्थानीय तह ,रामारोशन पर्यटन बोर्ड लगायत सरोकारवाला निकायलाई जानकारी नभएकोले उनीहरुलाई रामारोशन प्रवेशमा केहि दिन रोकिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया