Advertisement
SKIP THIS
रामोशसन गाउँपालीका र पर्यटन बिकास बोर्डको लापरवाहिले २ दिन देखि सिमामै रोकिए बिदेशी पर्यटक

निराकरण खबर अछाम:अछामको रामारोशन घुम्न भनेर आएका १२ देशका नागरिक अछामको सिमा नाकामा राकिएका छन । उनिहरु कोहि रामारोशन पुगिसकेको कोहि अछामको सिमा नाका चौखुट्टे र बिनायकमा २ दिन देखि रोकिएका छन । स्थानिय प्रशासनले उनिहरुले १ देखि ३ महिना सम्मलाई नेपाल बस्नलाई भिसा रहेको बताएको छ ।

उनिहरु धेरै संख्यामा रहेका र १ महिना बढी बस्ने भनेपछि रोकिएको बताएको छ । हाल रामारोशनमा ५४ जना, जयगढमा ५ , चौखट्टेमा ५७ र बेलखेतमा १६ जना रोकिएका अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए । हाल उनिहरुले सिमामा टेन्ट हालेर बसेका छन ।
हाल रामारोशन आउने बिदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका नागरिक रहेका छन ।

उनिहरुले १ महिना सम्म रामारोशनमा बस्ने र उनिहरु २ हजार बढीको संख्यामा हुने बताएका १ महिना सम्म बस्दा सुरक्षा र प्रयावरका हिसावले र उनिहरुले १ महिना सम्म बस्नलाई अनुमती नलिएका कारणले रोकिएको प्रहरीले बताएको छ ।
रामारोशन गाउँपालीका र रामारोशन पर्यटन बिकास बोर्डले सहजिकरण र ब्यावस्थापन गर्न नसक्दा बिदेशी पर्यटक अछामको सिमानामा रोकिएका छन ।

तपाईको प्रतिक्रिया