Advertisement
SKIP THIS
नेपालमा प्रजातन्त्र नाममा बढी छाडापन  भयो, पुर्ब मन्त्री कुँवर

निराकरण खबर अछाम:प्रतिनीधी सभा सदस्य तथा पूर्व मन्त्री शेर बहादुर कुँवरले आफुले वाक नेपालको काम कर्तब्य लामो समयदेखि हेरिरहेको बताएका छन ।शनिबार साँफेबगरमा संस्थाको २६ औं बार्षीक सभालाई सम्बोधन गदै पूर्व मन्त्री समेत रहेका कुँवरले वाक नेपालले महिला बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गरेको र अझै गरिरहेको बताए ।

वाक नेपालले ससक्तिकरण र जिबिकोपार्जनमा अछामाका नागरिकका लागि काम गरेको बताउदै उनले राज्यले नदेखेको नपुगेको ठाउँमा गैरसरकारी संस्थाहरु पुगेर राज्यसँग नागरिकको सम्वन्ध कायम गराएका र राज्यलाई नागरिक प्रति जिम्मेवार बनाएका बताए ।

नेपालमा ९२ अरब रुपैया बर्षमा शिक्षाका नाममा बिदेशी जादै गरेको नेपालमा बार्षीक १७ अरबको काठ आयात गर्ने गरेको अवस्थाले राज्यको नितीलाई गिजाईरहेको बताए । नेपालमा उत्पादन मुखि कार्यक्रम नभई बितरण मुखि मात्रै बन्दा झनै समस्या भएको प्रजातान्त्रको नाममा अहिले देशमा छाडा पन बढी भएको बताउदै पूर्ब मन्त्री कुँवर यसले देश ठुलो दुर्घटना हुने जोखिम भएको बताए ।

तपाईको प्रतिक्रिया