Advertisement
SKIP THIS
गैरसरकारी संस्थाबाटै बिभेदको सुरूवात भएको छ ,समन्वय प्रमुख कुँवर

निराकरण खबर अछाम:जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले गैरसरकारी संस्थाबाटै बिभेदको सुरूवात भएको बताएका छन । शनिबार साँफेबगरमा वाक नेपालको २६ औं बार्षीक सभामा बोल्दै समन्वय प्रमुख कुँवरले गैरसरकारी संस्थाहरु काम गर्दा कुनै एक स्थानिय तहको एक वडामा मात्रै गर्ने अन्य वडाका नागरिकलाई बिभेद गर्ने गरेको बताए । गैरसरकारी संस्थाहरु काम गर्दा कुनै एक स्थानिय तहको एक वडा मात्रै नभई कम्तीमा आधा वडाहरुमा काम गर्न अनुरोध गरे ।यस्तो गर्दा नतिजा समेत देखा पर्ने बताए ।

अछाममा काम गरिरेका गैरसरकारी संस्था सबैले एकै क्षेत्रमा काम गरिरहेका हुदाँ फरक फरक क्षेत्रमा काम गर्न आग्रह गरे । अब गैरसरकारी संस्थाहरुले समेत उत्पादनका क्षेत्रमा काम गर्नु पर्ने आग्रह गरे । वाक नेपालले अछाम जिल्लामा उतृष्ठ कार्य गरहेको बताउदै उनले अछाम जिल्ला खाद्यान र फलफुलका लागी निकै सम्भावनाको जिल्ला भएको बताउदै समन्वय प्रमुख कुँवरले यस तर्फ पनि गैरसरकारी संस्थाहरुको नजर पर्नु पर्ने बताए ।

बाईसे चौबिसे राज्यका बेला अछामको कैलास पारिले दैलेख, कैलास वारीले डोटि गौडालाई पाल्ने तर अहिले अछाममा ३ महिना पनि पुग्ने खाद्यान्न समेत नहुने अवस्था भएको हुदाँ अब यस तर्फ कार्यक्रम गर्दा यस तर्फ सोच्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया