Advertisement
SKIP THIS
वाक नेपालको काम प्रशंसा योग्य छ, प्रदेश सांसद खड्का

निराकरण खबर अछामः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले गैरसरकारी सस्थाले नागरिकका समस्या साथ दिएको बताएका छन् ।आईतवार साँफेबगरमा वाक नेपालको २६ औं बार्षिक सभामा बिशिस्ट अथितिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य खड्काले साँफेबगरमा सुरु भएको संस्था अहिले भर र अन्य जिल्लामा काम गरिरहनु सु्ु्खद भएको बताए ।

हाम्रा सामु आएका समस्या समाधानमा गैरसरकारी संस्थाले काम गर्नुपर्नेमा प्रदेश सांसद खड्काले जोड दिए ।
बिगत केहि बर्ष पहिले एचआईभीले ग्रस्त अछामलाई एचआईभी न्युनिकरणमा सस्थाले महत्वपूर्ण भुमिका खेलेको वाक नेपाल अझै अरु समुदाय टोलमा पुग्नु पर्ने बताए ।अछामबाट बसाइँसराइ जानेको संख्या बढीरहेको भाबि दिनमा अछाम रित्तै हुने सम्भावना बढेको हुदाँ यस तर्फपनि संस्थाको नजर पनुपर्ने प्रदेश सांसद खड्काले बताए ।

अछाममा बिगत १०-१५ बर्ष पहिले टोलमा बिधालय बनाउने अभियान नै चलेको बताउदै प्रदेश सांसद खड्काले अहिले तिनै बिद्यालय एक आपसमा गाभीएका र अझै गाभ्नु पर्ने अवस्था सिर्जना भईरहेकोले सरकारको लगानी खेर गईरहेको बताए । अछाम जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरु भौतिक क्षेत्रमा गरेको लगानी खेर जाने अवस्था सिर्जना भईरहेको बताए ।

अहिलेको अवस्था अनुकुल शिक्षा छैन नरहेको अछाममा गाउँ गाउँमा सडक निमार्ण भइरहेका तर ति कस्का लागी हुन भनेर सोच्नु पर्ने अवस्था सिर्जना भईसकेको अछाममै रोजगारी सिर्जना गर्न सके मात्रै अछामको बसाइैसराई रोक्न सकिने यसका लागी सरकारी निकाय गैरसरकारी सस्था र साझेदारी संस्थाले काम गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया