Advertisement
SKIP THIS
चिया पसलमा समाजवाद

हर्क बिष्ट टीकापुर

मानौ
उ नै लिक्वानु हाे
भालादिम पुटिन हाे
सिजिङ्क पिङ हाे
किमजाेङ् हाे ….।
हैन उ
कार्लमाक्स स्वयम् हाे
उ समाजवादकाे ज्ञाता हाे …।
उ याे देशकाे नेता हाे ….।

चिया पसल उसकाे लागि
संसद भवन हाे ….।
त्यहा उपस्थित ग्राहक संसद हुन् ….।
उसका हातका कुइना टेकेकाे टेवल
संसद भवनकाे राेष्टम् हाे …।
फलाकि रहेछ देश निर्माणका भाषण
विकासका तरिका र एजेण्डा
पाेखिरहेछ भिजनका थाेपाहरु …।

चियाकाे चुस्किसंगै ट्वाल्ल छन अरु
उ मख्ख छ अाफ्नै गफमा
गरिरहेछ छ क्रान्ति,गरिबी,शाेषण र अत्यचारका कुरा
ल्याइरहेछ चिया पसलमा समाजवाद
गरिरहेछ देश विकास
उ नेता हाे
उ समाजवादकाे ज्ञाता हाे

तपाईको प्रतिक्रिया