Advertisement
SKIP THIS
युनिसेफ प्रतिनिधी भेट्न मुख्यमन्त्री देखि मन्त्रीको लस्कर

कैलालीः युनिसेफ प्रतिनिधी भेट्न सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितका तीन मन्त्री धनगढीको एक क्लबमा पुगेका छन्।

शनिबार धनगढीको चौलानी क्लबमा नेपालका लागि युनिसेफ प्रतिनिधी एलिस् अकुङ्गासङ्ग भेटवार्ता गर्न मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पुर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री माननीय नरेशबहादुर शाही पुगेका हुन्।

भेटका क्रमामा उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण, द्वन्द्व र कोभिड–१९ पछिको स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षण, तथा बालबालिकाको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धनका विषयमा छलफल भएको थियो।

दीगो जलवायू परिवर्तन प्रतिकार्यमा प्रदेश सरकारसँग मिलेर काम गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

तर, विदेशी संस्थाका प्रतिनिधिलाई सरकारका प्रमुख र मन्त्रीहरू नै भेट्न गएपछि अहिले चर्को आलोचना भइरहेको छ। यसरी होटल तथा क्लबमा गएर भेट्नुलाई अवाञ्छित मानिएको छ।

तपाईको प्रतिक्रिया