Advertisement
SKIP THIS
बर्षौ देखि काकाकुल गाउँलाई  पानी खुवाए वडा अध्यक्ष साउँदले

तारामान खड्का अछाम:संघियता पछि नेपालमा ६ हजार ७ सय ४३ वडा रहेका छन ।अधिकांस वडा अध्यक्षहरु भन्छन् हामीले काम गर्ने अधिकार पाएनौं तर यी सबै कुरालाई पछि पार्दै अछामको बान्नीगढी जयगढ गाउँपालीका वडा नं २ का युवा वडाध्यक्ष नेत्र साउदले बर्षौ देखि काकाकुल परेको गाउँलाई लामो मेहनत पछि पानी खुवाएरै छोडेका छन ।२०७४ सालको स्थानिय तहको निर्वाचन बाट वडा अध्यक्ष निवार्चित भएका साउँद २०७९ सालमा भएको स्थानिय तहको निवाचनबाट पुनःह द्रोस्रो कार्यकालका लागी वडा अध्यक्षमा निवार्चीत भएर जनताको काम गरिरहेका छन ।

वडा अध्यक्ष साउँदले पहिलो कार्यकालबाटै साबिकको जनालीकोट गाउँ बिकास समितीका ३ वडा रहेको सल्यानाको खानेपानी हाहाकार मेटाउन अथह प्रयास गरे । कहि कतै खानेपानीका मुहान नभएको सल्यानामा छिमेकी गाउँबाट समेत पानि ल्याउन सक्ने अवस्था थिएन । वडा अध्यक्ष साउँदको अथह प्रयास पछि २०७८ सालमा सल्यानामै खनिएको डिप बोरिङले हाल आएर पुरा हुदैछ ।

नेपाल सरकार दातृ निकाय युरिका र वाक नेपाल, बान्नीगढी जयगढ गाउँपालीका स्थानिय बासीन्दाको श्रमदानबाट करिव १ करोड ३६ लाखको लागतमा सोलार प्लान्ट मार्फत डिप बोरिङ सञ्चालनमा आएको छ । सल्याना गाउँमा पहिलो चरणमा १ सय ३ घरमा मिटर जडान मार्फतपानी पुर्याउने काम भईरहेको छ । गाउँको माथील्लो भागमा ८० हजार लिटर क्षमातमा ३ ट्याकी निमार्ण गरेर घर घरमा निशुल्क पानीका धारा पुर्याउने काम भईरहेको छ ।द्रोस्रो चरणमा बाकी रहेका अन्य घरमा समेत खानेपानीको लाईन बिस्तार गर्ने योजना रहेको वडा अध्यक्ष साउँद बताउछन ।

धारामा मिटर जडान खानेपानीलाई दिर्धकालीन सञ्चालन मर्मत सम्भारका लागी एक उपभोक्ताले प्रति महिना ४ हजार लिटर प्रयोग गरे सय रुपैया तिर्नुपर्ने गरि मुल्य निधारण गरिएको छ ।बर्षौ बर्ष देखि सल्याना टोलमा खानेपानीको समस्या भएको अब त्यो समस्या अन्त्य भएको वडा अध्यक्ष साउँद बताए । अध्यक्ष साउँद भन्छन अब नागरिकले खानेपानीका लागी १ घण्टा हिड्नु प्रदैन ।अब उहाहरुले पानी ल्याउन लाग्ने समय उत्पादाको क्षेत्रमा लगाउन सक्ने पानी अभावकै कारण नागरिकले भोग्नु परेको समस्या अन्त्य भएको तर यसलाई खानेपानीलाई दिर्धकालिन समयसम्म सञ्चालमा चुनौती रहेको त्या चुनौतीलाई सामना गर्न लागिरहेको अध्यक्ष साउँदले बताए ।

तपाईको प्रतिक्रिया