Advertisement
SKIP THIS
अछामको रामारोशनमा एकाएक आउन थाले बिदेशी नागरिक, प्रशासन भन्छ किन आए थाह छैन

निराकरण खबर अछाम :अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा एकैप पटक बिभन्नि १२ बढी देशका नागरिक आएका छन । यसरी यक दुई दिनमै ठुलो संस्यामा बिदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन ।ठुलो संख्यामा सरकारको ईजाजत बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका डिएसपी संन्तोष पाठकले बताए ।

हाल रामारोशन आउने बिदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उनको भनाइ रहेको छ । उनिहरुलाई सोध्दा भाईचारा कायम होस् भने घुम्न आएका बताउने गरेका अनुमती बारे रामारोशन पर्यटन बोर्डलाई समेत कुनै जानकारी नभएको बोर्डकी निर्देशक गंगा बुढाले बताईन ।

रामारोशन आएका बिदेशी नागरिकले १ महिना देखि ३ महिना सम्मको भिसा लिएको उनिहरु रामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेका स्थानियहरु र रामारोशन पर्यटन बोर्डले पनि थाह नभएको बताएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।उनिहरु रामारोशनमा कार्यक्रम गर्नलाई कहि कतैबाट अनुमती नलिएका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार उनिहरुल आफुहरुको संख्या दुई हजार बढी रहेको हुदा अन्य आउदै गरेको बताउने गरेको बताए ।

तपाईको प्रतिक्रिया