Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डुबिन्द्र प्रशाद बरालको बिदाई

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डुबिन्द्र प्रशाद बरालको बिदाई गरिएको छ।

आईतवार साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर अन्य जनप्रतिनिधि र कर्मचारीले बरालको बिदाई गरे।

अछामको साँफेबगर नगरपालिकामा बरालले करिब ६ महिना बढी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका बराले करिब ६ महिना जति नै जिल्ला समन्वय समिति अछामको अधिकारीको रुपमा समेत काम गरेका थिए ।

बराल भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन।बरालको बिदाई गर्दै नगरपालिकाले फेरि भेटौला कार्यक्रम आयोजना गरेको थियो ।

साँफेबगर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नटिकाउने आरोप लाग्दै आएको छ।

तपाईको प्रतिक्रिया