Advertisement
SKIP THIS
बयालपाटा अस्पतालबारे प्रदेश सरकारले चाडैं निर्णय गर्छ, महामन्त्री खड्का

निराकरण खवर अछाम:नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री एव सुदूरपश्चिम प्रदेश सदस्य माननिय मेघराज खड्काले त्यो समयमा बीपी कोइरालाले प्रजातन्त्र ल्याउन महत्त्वपूर्ण लडाइँ लडेको बताएका छन।

आईतवार प्रेस युनियन अछाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री खड्काले राणाकालमा रााणाहरुले नेपाली जनतालाई अनायसै दु:ख दिएको त्यो समयमा नेपाली जनताले एक छाक खान, एक सरो कपडा लगाउन, रोग लाग्दा औषधोपचार गर्न नपाउने अवस्था बिपिले लडेर यो अवस्था सम्म पुर्याएको बताए ।नेपाली काङ्ग्रेसले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बिपिकै बिचार रहेको बताए ।

यस्तै बयालपाटा अस्पतालमा देखा परेको आर्थिक समस्या समाधान गर्न प्रदेश सरकार लागिरहेको बताएका छन।आफू बयालपाटा अस्पतालबारे प्रदेश सरकार सँगै लडिरहेको बताए ।बयालपाटा अस्पताल बारे मुख्यमन्त्री कार्यालय, सामाजिक बिकाश मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा फाइल पुगेको आर्थिक मामिला मन्त्रालयको सचिव सुरुवा भएका कारण काम ढिलो भएको मन्त्रीहरुले बताएको बताए ।अबको केहि दिनमा बयालपाटा अस्पताल बारे प्रदेश सरकारले निर्णय गर्ने बताए ।

आफू संसद र संसदीय समितिमा समेत धमिलो भएको प्रदेश सरकारलाई कसरी जनताले बिश्वास गर्ने खालको बनाउन बोलिरहेको बताए ।प्रदेशको बजेटमा समेत सत्ता पक्षकै सांसद भएर बिरोध गरेको बताउदै खड्काले बजेट सबैले भावना समेट्ने खालको प्रदेशका सबै ३२ निर्वाचन क्षेत्र समेट्नु पर्ने भनेर लागिरहेको बताए ।

सरकारमा बसेकाहरुले जनताको कदर गर्न सक्नु पर्ने यदि नसकेमा नागरिकले प्रश्न उठाउने र विभिन्न शक्तिहरुले खेल्ने बताए ।

तपाईको प्रतिक्रिया