Advertisement
SKIP THIS
रडुवामा ढुंगा लागेर एक जनाको मृत्यु

डडेलधुरा:डडेल्धुरामा पहिरो सँगै खसेको ढुङ्गा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।

केआईसिंह राजमार्गअन्तर्गत गन्यापधुरा गाउँपालिका–२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुङ्गा लागेर अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरी निरीक्षक कुशुम नायकले बताए ।

डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सवार ऐरलाई माथिबाट खसेको ढुङ्गा लागेको थियो ।गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

यस्तै पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
गन्यापधुरा गाउँपालिका–२ को रडुवामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।हिजो करिब ७ बजे पछि उक्त सडक पहिरोका कारण अवरुद्ध भएको डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया