Advertisement
SKIP THIS
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अछामको अभिकर्ता तालिम सम्पन्न

निराकरण खबर अछाम:नेपालको पहिलो तथा अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

शाखा प्रमुख दिपक बहादुर खड़काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का सुदुर पश्चिम प्रदेश प्रमुख श्री उमाकान्त जोशी रहेका थिए।
कार्यक्रममा बोल्दै शाखा प्रमुख खड्काले यस्ता कार्यक्रम हामी हरेक बर्ष व्यवसाय गर्ने अभिकर्ताको बार्षिक मेहेनतको कदर गर्न सम्मान तथा पुरस्कार बितरण गर्दै आइरहेको जानकारी दिए।

आत्म निर्भर बन्न तथा फुर्सदको समयको सदुपयोग गर्न हरेक युवाले बिमा मध्यस्तकर्ता हुनु पर्ने र कसैको आशा गर्न नपर्ने हुदा यस्तो बिना लगानिमा मनग्य पैसा कमाई समाजमा आफुलाई सामाजिक क्षेत्रमा पहिचान बनाउन पनि सकिने पेशा भएकोले सबैले अगाल्नु पर्ने बताए । साथै तेस्ता अभिकर्ताहरुलाई ब्यबसाय प्रोत्साहन गर्ने उद्देश्यले अभिकर्ता सम्मान गरिएको शाखा प्रमुख खड्काले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीले बिमा आफ्नो स्वार्थको लागि मात्र नगरी बिमितको उज्योल भबिष्यको लागि समेत कुनै गलत प्रसार प्रचार नगरि बिमा गराउन सबै अभिकर्ताहरुमा आग्रह गरे। जोशीले बिमा मध्यस्तकर्ताले कसरी ब्यबसाय गर्ने , तथा कम्पनीले बिमित , लगानीकर्ता , अभिकर्तालाई दिने सुबिधा , कम्पनीको पुजि , बजारको सम्भावना आदिको बारेमा जानकारी गराए।कार्यक्रममा आर्थिक बर्ष २०७९/८० मा अछाम जिल्लामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया