Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले शैक्षिक क्षेत्रका उत्कृष्ट ब्याक्तीलाई सम्मान गर्यो

निराकरण खबर अछाम: अछामको चौरपाटी गाउँपालिकाले शैक्षिक क्षेत्रका उत्कृष्ट ब्याक्तीलाई सम्मान गरेको छ।

शुक्रबार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उत्कृष्ट प्रशासनिक कार्य सम्पादन गर्ने प्राधानाध्यापक त्रिपुरा आधारभुत बिधालय पायलका टोपराज खड्का र शान्ति माध्यमिक बिधालय मार्कुका मोतीलाल सुवेदिलाई सम्मान गरिएको छ।

यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक गगुडा माध्यमिक बिधालय गगुडामा कार्यरत देव बहादुर साउद र देबिमाण्डौ माध्यमिक बिधालय दुनिमा कार्यरत झंकर बहादुर खड्कालाई सम्मान गरिएको छ।

कार्यक्रम सेवा निबृत लक्ष्मि आधारभुत बिधालयका शिक्षक प्रमानन्द उपाध्याय र उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने बिधार्थी शान्ति माध्यमिक बिधालय मार्कुका नितेश बोगटी,देबिमाण्डौ माध्यमिक बिधालयका बाईडेन साउद,शान्ति माध्यमिक बिधालयका रुपेश बोगटी र देबिमाण्डौ माध्यमिक बिधालयका हंशराज साउदलाई सम्मान गरिएको छ।

यस्तै अभिभावक देबिमाण्डौ माध्यमिक बिधालयका पदम बहादुर खड्कालाई सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया