Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा आमा समुहलाई सम्मान

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका वडा ७ रिडिकोटद्वारा आमा समुहलाई सम्मान गरिएको छ।

शुक्रबार वडा कार्यालय रिडिकोटले वडामा गठन गरिएका ९ वटा आमा समुहलाई सम्मान गरिएको हो।

आमा समुहहरुले समुदायमा नियमित बचत गराउन सिकाउने, समुदायमा सरसफाइको महत्त्व समुदायलाई जानकारी गराउने र सरसफाइ राख्ने बारे काम गरिरहेकाले सम्मान गरिएको वडा अध्यक्ष हिम्मत कडायतले बताए ।

यस्तै आमा समुहले बाल बिवाह न्युनिकरण, लैङ्गिक हिसां सम्वन्धि जनचेतना जगाउनु महत्त्वपूर्ण भुमिका खेलको भन्दै नगद सहित सम्मान गरिएको वडा अध्यक्ष कडायतलेे बताए ।

आमा समुहलाई प्रोत्साहन गर्न उदेश्यले नगद सहित वडा कार्यालयले सम्मान गरेको वडा अध्यक्ष कडायतले बताए ।

तपाईको प्रतिक्रिया